जाल लिएर माछा मार्न हिडेका माझि कालीगण्डकी किनारमा मृत भेटिए

जाल लिएर माछा मार्न हिडेका माझि कालीगण्डकी किनारमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० जेष्ठ २०८१
  • 6.3K
    Shares

कालिगण्डकी नदी

पोखरा, १० जेठ २०८१/

माछा मार्न भनेर घरबाट जाल लिएर निस्किएका एक व्यक्ति कालीगण्डकी नदीको किनारमा मृत भेटिएका छन्। स्याङ्जाको चापाकोट नगरपालिका ८ खोरियाघाट घर भएका ५१ वर्षीय हस्त बहादुर माझी बुधबार दिउँसो स्थानीय कालीगण्डकी किनारमा मृत भेटिएका हुन्।

इलाका प्रहरी कार्यालय चापाकोटका अनुसार, मंगलबार दिउँसो कालीगण्डकी नदीमा माछा मार्न जान्छु भनी जाल लिई एक्लै गएका माझी बेपत्ता भएका थिए । उनको खोजी कार्य गर्ने क्रममा बुधबार दिउँसो खोरियाघाटस्थित कालीगण्डकी किनारमा मृत अवस्था फेला परेका हुन् ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार