बोकाको मासुको भाग लिएर जाँदा काभ्रेमा एक दम्पत्ती मृत भेटिए : हत्याको आशंका

बोकाको मासुको भाग लिएर जाँदा काभ्रेमा एक दम्पत्ती मृत भेटिए : हत्याको आशंका


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ जेष्ठ २०८१
  • 4.4K
    Shares

घटनास्थल

पोखरा, ९ जेठ २०८१/

काभ्रेमा एक दम्पत्ति मृत भेटिएका छन्। काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ४ स्थित ३ फुट्टेमा एक दम्पती मृत भेटिएका हुन्।

६० वर्षीय मानबहादुर बल र उनकी पत्नी ५० बर्सिया केकाइमाया बल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

स्थानीयबासीहरुले गर्ने ठाकुर पूजामा सहभागी नभएपछि छिमेकीले “किन आएन” भनेर फोन गरेको र फोन नउठेपछि पूजामा आएको बोकाको मासुको भाग लिएर घर जाँदा बल दम्पती मृत अवस्थामा फेला परेका थिए ।

दम्पतीको टाउकोमा हम्मर प्रहार गरिएको पाइएको छ । घटनाको प्रकृति र घटनास्थलमा फेला परेको हम्मरले बल दम्पतिको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनापछि ईलाका प्रहरी कार्यालय देवीटार, प्रहरी चौकी फोक्सिङटारको प्रहरी घटनास्थल पुगेको छ भने जिल्लाबाट प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठको नेतृत्व र ईलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

उनीहरूको हत्या भएको आशङ्कामा तालिम प्राप्त कुकुरको सहयोगले अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार