चितवन, ८ जेष्ठ २०८१ /
चितवनको कुरिनटारमा आज बिहानै टिपर र हाइस ठक्कर खाएर भएको दुर्घटनामा घाइतेहरुको पहिचान खुलेको छ। नारायणगढबाट काठमाण्डौ जादै गरेको बा ३ ख ६६१० नम्बरको हाइस र विपरित दिशाबाट आउदै गरेको बा ४ ख ६४१७ नम्बरको टिपर आज विहान करिब ७ बजेको समयमा एक आपससमा ठक्कर खादा हाइसमा सवार १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
उक्त दुर्घटनामा परेर घाइते भएका १३ जना यात्री मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरेली जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका पांच जनाको पहिचान खुल्न बाँकी रहेको छ।
उपलब्ध घाइतेको पुरा विवरण
१) भ.न.पा ११ बस्ने बर्ष ११ को खम ब. लामा चोट टाउकोमा चोट, मध्याम (भरतपुर)
२) ऐ ऐ ११ बस्ने ५४ कि मन माया लामा पेटमा भित्रि चोट मध्यम (भरतपुर)
३) माईक्रो चालक प्रमेश्वर प्रसाद महत्तो सिरियस (भरतपुर)
४) भ.म.न.पा ११ बस्ने बर्ष ५१ पेमा शेर्पा निधारमा चोट मध्यम (भरतपुर)
५) ऐ ऐ बस्ने बर्ष ५४ को कबिता शेर्पा पेटमा भित्रि चोट अबस्था मध्यम (भरतपुर)
६) ऐ ऐ १५ बस्ने बर्ष ४८ को हरी प्रसाद अधिकारी खुट्टा र ढाडमा चोट मध्यम (भरतपुर)
७) ऐ.ऐ बस्ने बर्ष ४८ कि निरा शर्मा ढाड हात कुम्मा चोट सामान्य (काठाण्डौ)
८) सन्दिप ढकाल बर्ष ३२÷३३ को सिरियस (भरतपुर)