पोखरा, ७ जेठ २०८१/
पोखराको बसपार्क क्षेत्रमा यात्री तथा पर्यटकलाई दु:ख हैरानी दिने सात जना पोखराबाट पक्राउ परेका छन्।
वडा प्रहरी कार्यालय वैदाम तथा अस्थायी प्रहरी विट पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले पोखराको बसपार्क क्षेत्रमा यात्री तथा पर्यटकलाई दु:ख हैरानी दिने सात जना सोमबार दिउसो पक्राउ गरेको हो ।
प्रहरीको उक्त संयुक्त टोलीले पोखरा महानगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ३८ को यम बहादुर बि.क.,पोखरा ९ का वर्ष २८ को सागर क्षेत्री,, वर्ष २९ काो बिक्रम सुनार, वर्ष २४ को अर्जुन सेन्चिरी,
वर्ष २० को लक्ष्मण सिंह, पोखरा ७ का वर्ष २२ को बिकाश श्रेष्ठ र पोखरा २६ बस्ने वर्ष २८ को साजन परियारलाई पक्रुआ गरेको जिल्ला प्रहरी कार्यालय कासीले जानकारी दिएको छ।
अभियुक्थारुबिरुद्ध प्रहरीले पोखरा महानगरपालिका वडा नं. ९ स्थित पृथ्वीचोक, बसपार्क क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आफु अनुकूलको होटल तथा बसमा जानको लागी झोला तान्ने, पैसाको अनावश्यक मोलमोलाई गर्ने तथा लागूऔषध जन्य पदार्थ सेवन गरी होहल्ला गरी स्थानीयवासीहरुलाई दुख हैरानी दिएको आरोप लगाएको छ।
पक्राउ परेका सातै जना बिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्वको कसुरमा सात दिनको म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।