पोखरा, ७ जेठ २०८१/
तनहुँ सदरमुकाम दमौलीमा गएको मध्यराती भिषण आगलागी भएको छ। व्यास नगरपालिका-३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा सोमबार बिहान १२:४५ बजेबाट करीब तीन घण्टासम्म भिषण आगलागी भएको हो।
एउटा पसलबाट सल्किएको आगो अन्य २०/२५ वटा पसलमा सल्किएको र करीब तीन घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।
उक्त आगो नियन्त्रणक लागि तनहुँ जलविद्युत आयोजना, मुग्लिन पोखरा सडक आयोजना र व्यास नगरपालिकाको दमकलको परिचालन भएको प्राप्त समाचारमा जनाइएको छ।
जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका करिब २०/२५ वटा पसलमा आगलागीका कारण क्षति पुगेको छ । आइसक्रिम पसल, मोवाइल पसल, फलफूल पसल, मादक पदार्थ पसलमा आगलागी हुँदा करौडोको क्षति भएको छ । तर बिस्तृत विवरण आउन भने बाँकी नै रहेको छ।