प्रदेश सांसद थापाको कामदार कुट्ने अर्का युवा पोखराबाट पक्राउ

प्रदेश सांसद थापाको कामदार कुट्ने अर्का युवा पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ जेष्ठ २०८१
  • 7.8K
    Shares

जीवन तामाङ

पोखरा, ५ जेठ २०८१/

नेपाली कांग्रेसका नेता एबम गण्डकी प्रदेश सभाका सदस्य बिन्दुकुमार थापाका कामदार कुटेको आरोप्मार्का एक जना पोखराबाट पक्राउ परेका छन्। प्रदेश सांसद थापाका कामदार गोपाल नेपालीलाई कुटेर भागेका पोखरा महानगरपालिका वडा नं. २९ भण्डारढिक बस्ने वर्ष ३१ को जिवन तामाङलाई प्रहरीले आज पोखराको हल्लनचोकस्थित एक रेस्टुरेन्टबाट पक्राउ गरेको हो।

यसभन्दा अघि सोही आरोपमा प्रहरीले नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य सागर रानाभाटलाई पक्राउ गरेर कानूनी कारबाही शुरु गरिसकेको छ। नेविसंघ नेता रानाभाट र आज पक्राउ परेका तामाङले गएको बैशाख २८ गते पोखरा २९ भण्डारधिकस्थित मालपोत कार्यालय अगाडी प्रदेश सांसद थापाका कामादार गोपाल नेपालीलाई कुटपिट गर्नुका साथै गालीगलौज समेत गरेको आरोप प्रहरीले लगाएको छ। तामाङबिरुद्ध पनि प्रहरीले अभद्र ब्यबहार मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

पक्राउ परेका तामाङ्ग र रानाभाट पक्षले सत्ता र शक्तिको आडमा प्रदेश सांसद थापाले आफूहरुको नाममा रहेको जग्गा कम मूल्यमा खरीद गर्न आफूहरुलाई पक्राउ गराएको आरोप लगाएका छन् भने प्रदेश सांसद थापाले भने नेपाल बिद्यार्थी संघको नेता भए पनि सागर रानाभाट लगायतका गुण्डा समूहले आफुसंग आठ करोड रुपियाँ फिरौती रकम मागेको आरोप लगाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार