तनहुँमा पौडी खेल्ने क्रममा सुलेरहमा डुबेर दुई युवाको मृत्यु

तनहुँमा पौडी खेल्ने क्रममा सुलेरहमा डुबेर दुई युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ जेष्ठ २०८१
  • 21.3K
    Shares

पोखरा, ५ जेठ २०८१/

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई जना युवाको मृत्यु भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको हो ।

बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको पौडी खेल्ने क्रममा सुलेरहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुले जानकारी दिएको छ।

उनीहरुसंगै पौडी खेल्न गएका अन्य चार जना भने सकुशल रहेको प्राप्त समाचारमा जनाइएको छ।
मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार