तनहुँ, ४ जेठ २०८१/
तनहुँमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका नेपाल प्रहरीका एक जना असई र अर्का प्रहरी हवल्दार निलम्बनमा परेका छन्।
व्यास नगरपालिका–३ अनसन चौतारी स्थित लक्ष्मण मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका प्रहरी सहायक निरिक्षक (असई) बलराम गुरुङ र प्रहरी हवल्दार डिल बहादुर आले निलम्बनमा परेका हुन्। उनीहरूसहित सात जना गएको बैशाख ३० गते मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अमुसार, उनीहरूसहित घरधनी लक्ष्मण मल्ल,बल राम गुरुङ,डम्मर बहादुर बराली,तुल बहादुर अधिकारी,डिल बहादुर आले,बुद्धीराज मिश्र र संजय गहतराज पनि सोही जुवाखालाबाट पक्राउ परेका छन्। जुवातास खालबाट रु.६८ हजार सात ९३ र एक हजार एक सय ४४ पत्ती तास बरामद भएको प्रहरीले जनाएको छ ।
जुवाखालाबाट पक्राउ परेपछि बहालवाला प्रहरी गुरुङ र आलेलाई जागिरबाट निलम्बन गरी कानूनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी दीपक कुमार रायले जानकारी दिए । पक्राउ परेका सातै जनाविरुद्ध जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट सात दिनको म्याद थप भएकोमा जनही रु.१२ हजारका दरले धरौटी बुझाएर छुटेका प्रहरीले जानकारी दिएको छ।