पोखरा, १ जेठ २०८१/
१५ वर्षीया किशोरीलाई गर्भवती बनाएको आरोपमा एक जना युवा स्याङ्जामा पक्राउ परेका छन्। १५ वर्षीया किशोरीलाई वलात्कार गरेर गर्भवती बनाएको आरोपमा प्रहरीले हरिनास गाउँपालिका ३ सिरिन्डाँडा बस्ने २१ वर्षीय रिम बहादुर थापालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, अभियुक्त थापाले ती किशोरीलाई आफ्नै घर कोठामा पुर्याई डर, त्रासमा पारी करणी गरेर गर्भवती बनाएको आरोप लागेको छ ।
बालिकालाई गर्भवती बनाएको हुँदा कानुन बमोजिम कारबाही गरी पाउँ भन्दै परिवारले किटानी जाहेरी दिएकोले थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।
पक्राउ परेका थापालाई जबरजस्ती करणी मुद्दा दर्ता गरी स्याङ्जा अदालतबाट १० दिको म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ ।