सल्यानमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

सल्यानमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ जेष्ठ २०८१
  • 3.3K
    Shares

पोखरा, १ जेठ २०८१/

सल्यानमा एक युवाले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन्।

सल्यानको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३१ वर्षीय केशव रानाले २७ वर्षीया श्रीमती केवती रानाको हत्या गरि आफूले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार केशवले धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन्।

‘केशवले श्रीमती केवलीको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नवीन कार्कीले भने, ‘हामी अहिले घटना स्थलतिर जाँदैछौँ।’

केशवले सुत्ने कोठामा श्रीमतीको हत्या गरी घरदेखि नजिकै रहेको रुखमा झुन्डिएर आत्हत्या गरेका प्रहरीको भनाई छ।

मनोज आफ्नै घर पछाडी झुण्डिएको अवस्थामा फेला परेका छन् भने कमलाको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको उहाँको भनाई छ ।

घटनास्थलमा प्रहरी पुग्नै बाँकी रहेको डीएसपी कार्कीले बताए। हत्या र आत्महत्याको यो घटना भने सोमबारकै भएको स्थानीयले बताएका छन्।

प्रहरी प्रमुख कार्कीकै नेतृत्वमा घटनास्थलमा पुगेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार