पोखरा, ३१ बैशाख २०८१/
सिन्धुपाल्चोकमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्। सदरमुकाम चौतारातर्फ आउँदै गरेको बागमती प्रदेश ०२००६ प ९५३९ नं को मोटर साइकल चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आइतबार दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक सन्तोष दुलाल गम्भीर घाइते भएका छन् भने उनकी श्रीमती मोटर साइकलको पछाडि सवार २३ वर्षीया इन्दिरा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
विपरीत दिशाबाट आउँदै गरेको बा. प्र. ०१-००६ ख. २७१६ नं. को टिपरसँग भेट हुँदा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।