नेपाल बैंक लिमिटेड फत्तेपुरका सुरक्षा गार्ड परशुराम फुयाँलको हत्या आरोपी पूर्व सशस्त्र प्रहरी जवान सुबेदी चितवनबाट पक्राउ

नेपाल बैंक लिमिटेड फत्तेपुरका सुरक्षा गार्ड परशुराम फुयाँलको हत्या आरोपी पूर्व सशस्त्र प्रहरी जवान सुबेदी चितवनबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० बैशाख २०८१
  • 5.5K
    Shares

नेपाल बैंक लिमिटेड फत्तेपुर शाखाका सुरक्षा गार्ड परशुराम फुयाँलको हत्या आरोपी चन्द्रबहादुर सुबेदी

सप्तरीस्थित नेपाल बैंक लिमिटेड फत्तेपुर शाखाका सुरक्षा गार्ड परशुराम फुयाँलको हत्या गरेको आरोपमा एक जना चितवनबाट पक्राउ परेका छन्। सुरक्षा गार्ड फुयाँलको हत्या आरोपमा प्रहरीले सप्तरीको सप्तकोशी नगरपालिका– ५ बस्ने ३२ वर्षका चन्द्रबहादुर सुवेदीलाई चितवनबाट पक्राउ गरेको हो।

अभियुक्त सुबेदीलाई दुई दिनपछि आइतबार प्रहरीले चितवनको राप्ति नगरापालिका–१ लोथरबाट पक्राउ गरेको सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । डीएसपी न्यौपानेका अनुसार सुवेदी सशस्त्र प्रहरीका भूतपूर्व जवान हुन् । उनले नौ वर्षसम्म सशस्त्र जागिर गरेपछि १६ महिनाअघि मात्रै राजीनामा दिएका थिए ।

‘डीएसपी न्यौपानेले उनी पेशेबर लुटेरा नभएको, आर्थिक अवस्था कमजोर भएको र ऋणको कारण लुटपाटमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ बताए ।

अभियुक्त सुबेदीले सप्तकोशी नगरपालिका वडा नम्बर २ का परशुराम फुयाँलको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

डीएसपी न्यौपानेका अनुसार सुवेदी बिहीबार बिहान साढे ३ बजेतिर शौचालयको भेन्टिलेटरबाट बैंकमा प्रवेश गरेका थिए । उनले बैंकको एउटा ताला फुटाउन सके पनि अर्को ताला फुटाउन नसकेपछि गार्डको कोठामा पुगेका थिए । त्यहाँ चाबि लिन थाल्दा गार्डसँग झडप भएको थियो । त्यही क्रममा उनले गार्डको हत्या गरेका थिए ।

प्रहरीले घटनामा प्रयोग भएको खुकुरी बरामद गरेको छ । यस्तै, सुवेदीले घटनाको समयमा बोकेको झोला, घटनाको समयमा लगाएको जुत्ता, पञ्जा, सेन्डो, टोपी र सल, घटनामा प्रयोग भएको हेक्सो बलेड, रेन्चु, पिलास, डोरी र रड, वरदात स्थलमा प्रयोग गरेको काठ पनि बरामद गरेको छ ।

गार्डको हत्यापछि बैंक लुटपाटको प्रयास भएको थियो । तर लुट्न नसकेपछि फर्किएको सीसीटीभी फुटेजमा देखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार