गएराती काठमाण्डौमा दुई युवा समूहबीच झडप : एकको हत्या

गएराती काठमाण्डौमा दुई युवा समूहबीच झडप : एकको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० बैशाख २०८१
  • 3.3K
    Shares

पोखरा, ३० बैशाख २०८१/

गएराती काठमाण्डौमा युवाहरुका दुई समूहबीच झडप हुँदा एक युवाको हत्या भएको छ।

काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराती करीब आठ बजेको समयमा दुई समूहबिच झडप हुँदा मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो।

उक्त झडपमा परेर गम्भीर घाइते भएका धिमाललाई तत्काल उपचारार्थ सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा डाक्टरहरुले उनलाई मृत घोषणा गरेका उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

उक्त घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार