काठमाण्डौबाट बेपत्ता स्नेहा पशुपतिनाथ मन्दिरको आरती हुने स्थान आसपासमा भेट्टिइन्

काठमाण्डौबाट बेपत्ता स्नेहा पशुपतिनाथ मन्दिरको आरती हुने स्थान आसपासमा भेट्टिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ बैशाख २०८१
  • 16.5K
    Shares

स्नेहा लामिछाने

पोखरा, २६ बैशाख २०८१/

आठ दिन अघिदेखि काठमाण्डौबाट बेपत्ता रहेकी कम्प्युटर इञ्जिनियरिङ बिषय पढिरहेकी छात्रा २२ वर्षीया स्नेहा लामिछाने आज पशुपतिनाथ मन्दिर परिसरमा भेटिएकी छिन।

परिवार र प्रहरीको टोलीले साँझ पशुपतिनाथ मन्दिर परिसरमा आरती हुने स्थान आसपासमा भेट्टाएको हो। गएको बैशाख १९ गतेदेखि आफ्नो मोबाइल स्विच अफ गरेर काठमाण्डौ को कलंकीबाट सम्पर्कबिहीन भएकी लामिछाने सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् थिइन् ।

आठ दिनदेखि बेपत्ता लामिछाने त्यस यता कहाँ गएकी थिइन् र किन सम्पर्कबिहिन भएकी हुन् भन्ने बारेमा सोधखोज हुन् बाँकी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

चितवन कालिका नगरपालिका–६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरमा अध्ययरत् थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार