पोखरा, २६ बैशाख २०८१/
ताप्लेजुङमा आज भएको ट्रयाक्टर दुर्घटनामा एक जना स्कुले विद्यार्थीको मृत्यु भएको छ भने अन्य आठ जना बिद्यार्थी घाइते भएका छन।
ताप्लेजुङको खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर
ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका ४ डुम्रिसेमा दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत नौ वर्षीय मानस तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सडकबाट करिब १५ मिटर तल खसेर भएको उक्त ट्रयाक्टर दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत आठ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए ।
घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ । दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।