मध्यराती आफ्नै दोहोरीमा आएका ग्राहकलाई मरणासन्न हुने गरी कुट्ने दोहोरी सञ्चालक पोखराबाट पकाउ

मध्यराती आफ्नै दोहोरीमा आएका ग्राहकलाई मरणासन्न हुने गरी कुट्ने दोहोरी सञ्चालक पोखराबाट पकाउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ बैशाख २०८१
  • 295.5K
    Shares

सातताल दोहोरी साँझ तथा रेष्टुरेन्ट सञ्चालक सुनिल बस्नेत

पोखरा, २६ बैशाख २०८१/

आफ्नो दोहोरी साँझमा पुगेका ग्राहकलाई कुटपिट गरेको आरोपमा पोखराबाट एक जना दोहोरी सञ्चालक पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं.२७ तालचोकस्थित सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टका सञ्चालक ३२ वर्षीय सुनिल बस्नेत आफ्नो दोहोरी साँझमा पुगेका ग्राहकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन्।

अभियुक्त बस्नेतले सोमबार राती करीब ११ बजेको समयमा आफ्नो दोहोरी साँझमा आएका ग्राहक तेजबहादुर गुरुङलाई कुटपिट गरेर सख्त घ्साइते बनाएर भागेको आरोप प्रहरीले लगाएको छ।

ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेका अभियुक्त दोहोरी सञ्चालक बस्नेतबिरुद्ध कास्की जिल्ला अदालतबाट ज्यानमार्ने उद्योग मुद्दामा आठ दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार