१४ वर्षीया बालिका वलात्कारको आरोप लागेका युवा गोरखा जेल चलान

१४ वर्षीया बालिका वलात्कारको आरोप लागेका युवा गोरखा जेल चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ बैशाख २०८१
  • 5.6K
    Shares

बालिका वालात्कारको आरोपमा गोरखाबाट पक्राउ परेका शेर बहादुर गुरुङ

पोखरा, २४ बैशाख २०८१/

१४ वर्षीय बालिका वलात्कार गरेको आरोप लागेका एक युवा गोरखा जिल्ला कारागार चलान भएका छन्। बालिका वालात्करको आरोप लागेका गोरखाको पालुङटार नगरपालिका वडा नं. ९ बिर्दी बुढुवा बस्ने ३२ वर्षीय शेर बहादुर गुरुङ गोरखा जिल्ला कारागार चलान भएका हुन्।

आफ्नै गाउँकी १४ वर्षीया बालिका वलात्कार गरेको आरोपमा गएको चैत २६ गते पक्राउ परेका गुरुङलाई गोरखा जिल्ला अदालतले पुर्पक्षमा रहने गरी कारागार चलान गर्न आदेश दिए पछि गोर्खा जिल्ला कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार