गस्ती गएका प्रहरी चौकीका इन्चार्जलाई कुटेको आरोपमा स्याङ्जाबाट तीन युवा पक्राउ

गस्ती गएका प्रहरी चौकीका इन्चार्जलाई कुटेको आरोपमा स्याङ्जाबाट तीन युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ बैशाख २०८१
  • 4.8K
    Shares

पोखरा, २३ बैशाख २०८१/

गस्ती गएका प्रहरी चौकीका इन्चार्जलाई कुटेको आरोपमा स्याङ्जाबाट तीन युवा पक्राउ परेका छन्। स्याङ्जास्थित प्रहरी चौकी थुमपोखरीका इन्चार्ज असई मनोजकुमार सिंहलाई कुटेको आरोपमा प्रहरीले स्याङ्जाबाट तीन जना युवालाई पक्राउ गरेको हो।

स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएका असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरी चौकी इन्चार्ज सिंहलाई कुटेको आरोपमा स्थानीय २५ वर्षीया काजी गुरुङ, २४ वर्षीय सुदीप गुरुङ र २८ वर्षीय रविन गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

झगडा भएको सूचना पाएपछी बायाँटारी पुगेको प्रहरी टोलीमाथि उल्लेखित अभियुक्त समेतका युवाहरुले कुटपिट गरेको प्रहरीले आरोप लगाएको छ। डिएसपी रानाका अनुसार, कुटपिटबाट असई सिंहको नाकमा चोटपटक लागेको र पोखरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताए । कुटपिटमा ढुंगासमेत प्रहार गरेको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार