पोखरा, १९ बैशाख २०८१/
भक्तपुरमा इनार खन्दै ५५ फिट तल पुगेका काका-भतिजाको निस्सासिएर मृत्यु भएको छ। जिल्लाको चाँगुनारायण नगरपालिका ४ खनालचोकस्थित सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा ग्यास निस्किएर निसासिँदा काका-भतिजाको निस्सासिएर मृत्यु भएको हो ।
मृत्यु हुनेमा रामेछाप घर भई २ वर्षदेखि सोही ठाउँमा जग्गा भाडामा लिएर टहरोमा बस्दै आएका २८ वर्षका सन्देश सुनुवार र उनका काका ४६ वर्षका दीपक सुनुवार रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरु आज दिउसो करीब सवा एक बजेको समयमा इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्किएपछि निस्सासिएर अचेत भएका प्रहरीले जानकारी दिएको छ। इनार खन्ने क्रममा दुई जना इनारभित्रै अचेत भएको खबर पाउनासाथ विपद् व्यवस्थापन महाशाखा, काठमाडौँबाट २५ जनासहित जिल्ला प्रहरी परिसर भक्तपुरबाट ३० जना र सशस्त्र प्रहरी बलबाट ९ जनाको टोली उद्धारमा खटिएको थियो।
सो उद्धार टोलीले करीब स्वा एक घण्टा लगाएर उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा दिउँसो करीब साढे तीन बजे दुबैको मृत्यु भएको भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए।