कतारबाट फर्किएका युवालाई काठमाण्डौमा बन्धक बनाउने दुई जना पक्राउ

कतारबाट फर्किएका युवालाई काठमाण्डौमा बन्धक बनाउने दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ बैशाख २०८१
  • 30.6K
    Shares

पोखरा, १८ बैशाख २०८१/

काठमाण्डौको सिनामंगलमा बन्धक बनाइएका सिराहाका एक युवालाई प्रहरीले उद्धार गरेको छ। सिनामंगलको एउटा कोठामा बाँधेर राखेको अवस्थामा सप्तरीका सिकेन्द्र यादवलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज उद्धार गरेको हो ।

कतारबाट सोमबार काठमाडौं आएका यादवलाई बन्धक बनाएर रकम माग गरेको भन्दै अजिम अली र एमडी सहनीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुले उनीहरुले सिकेन्द्रलाई बन्धक बनाएर चार लाख ८० हजार रुपैयाँ माग गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार