पोखराबाट कक्षा १२ को सामाजिक विषयको परीक्षाको प्रश्नपत्र आउट : दुई जना पक्राउ

पोखराबाट कक्षा १२ को सामाजिक विषयको परीक्षाको प्रश्नपत्र आउट : दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ बैशाख २०८१
  • 82.7K
    Shares

कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा पक्राउ परेका शिवशक्ति मावि पोखराका शिक्षकद्वय नारायण बास्तोला र रामचन्द्र बास्तोला

पोखरा, १७ बैशाख २०८१/

पोखराबाट कक्षा १२ को सामाजिक परीक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना शिक्षकहरुलाई पक्राउ गरेको छ । पोखरा ११ फुलबारी बस्ने ३९ वर्षीय नारायण बास्तोला र ३७ वर्षीय रामचन्द्र बास्तोलालाई विद्युतीय माध्यमबाट कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

पोखराबाट कक्षा १२ को परीक्षाको प्रश्नपत्र विद्युतीय माध्यमबाट बाहिरिएको भन्ने सूचनापछि वडा प्रहरी कार्यालय रामबजार र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलिले उनीहरुलाई प्रकाउ गरेको हो ।

उनीहरुले पोखरा महानगरपालिका ११ फुलबारीस्थित शिवशक्ति माविमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गरेको प्रहरीको आरोप छ। उनीहरुको साथबाट आठ थान उत्तरपुस्तिका र तीन थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार