पोखरा, १७ बैशाख २०८१/
म्याग्दीस्थित एउटा सामुदायिक वनमा डढेलो लगाउदा लगाउदै एक व्यक्ति पक्राउ परेका छन् गरेको छ। म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको भीरमुनि सामुदायिक वनमा डढेलो लगाउदै गरेको अवस्थामा स्थानीय ५२ वर्षीय दीपक बानियाँ भनिने दिलबहादुर बानियाँ पक्राउ परेका हुन्।
पक्राउ परेका बानियाँलाई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालयमा म्याग्दीमा पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। बानियाँले लगाएको आगो स्थानीय बासिन्दा र प्रहरीले नियन्त्रणमा लिएका प्राप्त जानकारीमा उल्लेख छ ।
साथै प्रहरीले कसैले वन जंगलमा आगो लगाएको थाहा पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा वा १०० मा सम्पर्क गर्न अनुरोध गरेको छ।
यसअघि बेनी नगरपालिका वडा नं ६ को खैरेनी सामुदायिक वनमा आगो लगाउने सोही वडाका एकजना युवालाई पनि प्रहरीले पक्राउ गरेको थियो। म्याग्दीमा ३११ सामुदायिक वनमध्ये ११७ वटा सामुदायिक वनमा आगलागी हुँदा एक हजार २ सय हेक्टर वन क्षेत्र जलेर नष्ट भएको छ।
गण्डकी प्रदेश वन निर्देशनालयले प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी म्याग्दीको वनमा क्षति पुगेको जनाएको छ।