गोरखा, १५ बैशाख २०८१/
गोरखा बजारमा आज भएको मोटरसाईलक दुर्घटनामा परी श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर गंभिर घाईते भएकी छिन् ।
आँबुखैरेनीबाट बाह्रकिलो तर्फ आउदै गरेको ग. १३ प ९३२५ नम्बरको मोटरसाईकल शुक्रबार दिउसो २ः५५ बजे गोरखा नगरपालिका–११ को चौधकिलो भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा श्रीमान्को मृत्यु भएको हो भने श्रीमती घाइते भएकी छिन।
उक्त दुर्घटनामा परेर सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटका ४५ बर्षिय अशोक गहतराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रडिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । दुर्घटनामा गम्भीर घाईते भएका गहतराजको गोरखा अस्पतालमा उपचरको क्रममा दिउसो ४ः१० बजे मृत्यु भएको डिएसपी श्रेष्ठले बताए ।
सोही दुर्घटनामा परी घाइते उनकी श्रीमती ३५ बर्षिया सिता गहतराजको गोरखा अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ। उनी खतरामुक्त रहेको गोरखा अस्पतालले जानकारी दिएको छ ।
तिब्र गतिमा रहेको मोटरसाईकल नियन्त्रण गुमाउदा सडक छेवैमा रहेको पोलमा ठोकिएर सडकबाट २० मिटर तल खसेकाे स्थानियले बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।