पांच वर्षीय बालकको शब आमा सुत्ने पलङको घर्रामा भेटियो , आमा पक्राउ

पांच वर्षीय बालकको शब आमा सुत्ने पलङको घर्रामा भेटियो , आमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ बैशाख २०८१
  • 4.2K
    Shares

पांच वर्षीय छोराको हत्या आरोपी सरितादेवी साह

पोखरा, १४ बैशाख २०८१/

सिरहामा चार दिन अघि हराएका बालकको शब उनकै आमा सुत्ने पलङको घर्रामा भेटिएको छ। लहान नगरपालिका १ बाट चार दिन अघि गएको बैशाख ११ गतेदेखि हराएका पांच वर्षीय बालक आयुष साहको शब उनकी आमा ३४ वर्षीय सरीताकुमारी साह सुत्ने पलङको घर्रामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, गत वैशाख ११ गते दिउँसो साढे ५ बजे स्थानीयले बालक बेपत्ता भएको प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले खोजतलाश गर्दै जाँदा आमा सरिता सुत्ने कोठामा रहेको पलङको घर्राभित्र मृत अवस्थामा छोरा आयुष फेला परेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले बताए ।

बालकको शब पलङको घर्रामा भेटिए पछि प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ मा बस्दै आएकी ३४ वर्षीय सरीताकुमारी साहलाई पक्राउ गरेको छ। अभियुक्त सरिताकुमारीले आफ्नो छोराको हत्या गरेर आफु सुत्ने पलङको घर्रामा लुकाएको स्वीकारेको प्रहरीले दाबी गरेको छ।

उक्त घटना सम्बन्धमा आबश्यक अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेका सरिता कुमारी साहबिरुद्ध सिरहा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार