आफैले सल्काएको आगोले सामुदायिक वनमा लागेको डढेलो निभाउन खोज्दा जलेर ८५ वर्षीय वृद्धको मृत्यु

आफैले सल्काएको आगोले सामुदायिक वनमा लागेको डढेलो निभाउन खोज्दा जलेर ८५ वर्षीय वृद्धको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ बैशाख २०८१
  • 5.9K
    Shares

वनमा डढेलो

पोखरा, १३ बैशाख २०८१/

आफ़्नो खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैले बालेको आगो फैलिएर भएको आगलागी निभाउने क्रमामा खोटाङमा ८५ वर्षीय वृद्धको मृत्यु भएको छ।

आफैले सल्काएको आगो फैलिएर स्थानीय हरमटार मैनाचउर सामुदायिक वनमा सल्केपछि निभाउन खोज्दा
रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो ।

आगो निभाउने क्रममा उनको शब डढेलोले जलेको अवस्थामा शव भेटिएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिए।

सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । डढेलो नियन्त्रण गर्न स्थानीयवासीसँगै प्रहरीसमेत परिचालन गरिएको छ ।

सो डढेलो रावाबेँसी गाउँपालिकाको कार्यालय हरमटारभन्दा मुनिसम्म सल्केको स्थानीयवासीले बताएका छन् । दश स्थानीय तह रहेको खोटाङमा अधिकांश सामुदायिक वनमा डढेलो लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार