अर्घाखाँचीमा विद्युतीय गाडी दुर्घटना : पाँच यात्री घाइते

अर्घाखाँचीमा विद्युतीय गाडी दुर्घटना : पाँच यात्री घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ बैशाख २०८१
  • 3.2K
    Shares

पोखरा, १३ बैशाख २०८१/

अर्घाखाँचीमा विद्युतीय गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। शीतगङ्गा नगरपालिका-३ राजुबासमा बुधबार दिउँसो लु १ ज ४८७३ नम्बरको विद्युतीय गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीकसिह राठौरले जानकारी दिए ।

सन्धिखर्कदेखि बुटवल जाँदै गरेको गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन्। घाइतेमध्ये दुई जना गम्भीर रहेको उहाँको भनाइ छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार