पोखरा, ११ बैशाख २०८१/
पोखराको दराज अनलाइन डेलिभरी भवनमा चोरी गर्ने तीन जना युवा पक्राउ परेका छन्। गएको चैत २४ गते शौचलयको शिशा फोडेर उक्त भवनभित्र पसेर चोरी गरेको आरोपमा पोखराबाट तीन जना युवा पक्राउ परेका हुन्।
उक्त चोरीमा संलग्न रहेको आरोपमा पोखरा १५ टुटुङ्गा बस्ने बर्ष २९ को अर्जुन परियार, पोखरा १० रङगशाला बस्ने बर्ष २७ को विकास अधिकारी र धादिङ घर भई हाल पोखरा २ नाला मुख बस्ने बर्ष २९ को लोकेन्द्र बहादुर इटनीलाई पक्राउ गरिएको प्रहरीले जानाकार्ती दिएको छ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिई गरएको प्रहरी टोलीले सोमबार उनीहरुलाई पोखरा महानगरपालिका वडा नम्बर ५ पर्स्याङबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
दराज अनलाईन डेलिभरी भवनमा रहेको लकर सहित नगद रू. पांच लाख ८२ हजार पांच सय ८० रुपियाँ, सामसुम मोबाईल थान-१ र झोला थान-५ चोरी भएको पिडित पक्षले दाबी गरेको छ। तर पक्राउ परेका तीन जना अभियुक्तहरुको साथबाट लकर थान-१ र झोला थान-१ मात्र बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।