मोटरसाइकल दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु

मोटरसाइकल दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० बैशाख २०८१
  • 7K
    Shares

bike accident, मोटरसाइकल दुर्घटना

पोखरा, १० बैशाख २०८१/

महोत्तरीको बर्दिबासमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका–२ कालापानी जंगल क्षेत्रमा बार प्रा. ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका लागि जनसेवा अस्पताल, बर्दिबास लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार