पोखरा, ९ बैशाख २०८१/
पर्यटकीय नगरीको पोखराको लेकसाइडस्थित एक होटलको झ्यालबाट खसेर युवाको मृत्यु भएको छ । पोखरा ६ लेकसाइड, स्ट्रीट नं. १४ स्थित होटल तुलसीको दोस्रो तल्लामा रहेको कोठाको झ्यालबाट खसेर रौतहट जिल्ला गौर नगरपालिका घर भएका २८ वर्षीय भुवनेश झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माका अनुसार, पोखराकै साथीको बिहेमा सहभागी हुन आएका झा आइताबार बिहान ७ः४० बजे उक्त होटलको दोश्रो तल्लाको झ्यालबाट खसेका थिए। ६ जनाको टोली मिलेर पोखरा घुम्न आएका थिए । होटलमा उनीहरूले ३ वटा कोठा लिएका थिए । एक कोठामा झा र अर्का एक साथी सुतेका थिए । ति साथीसहित पाँच जना तथा होटल सञ्चालकसँग प्रहरीले घटनाबारे सोधपुछ गरेको छ ।
होटल सञ्चालकका अनुसार विगत तीन दिनदेखि उनीहरु त्यहाँ बसेका थिए । ६ जनाको टोलीमा तीन युवक र एक युवती गरी ४ जना बंगलादेशी, मृतक झा र अर्का एक नेपाली युवती थिए ।