गोरखकाली रबर उद्योगको मेशिनहरुमा जडित तामाका तारहरु चोरी गर्ने भारतीय नागरिकसहित दुई जना पक्राउ

गोरखकाली रबर उद्योगको मेशिनहरुमा जडित तामाका तारहरु चोरी गर्ने भारतीय नागरिकसहित दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ बैशाख २०८१
  • 9.5K
    Shares

गोरखकाली टायर उद्योगको बिजुलीको तार चोरी गरेको आरोपमा पक्राउ परेका भारतिय्य नागरिक दिलिप गुप्ता

पोखरा, ९ बैशाख २०८१/

गोरखाको मझुवादेउरालीमा रहेको गोरखकाली रबर उद्योगको मेशिनहरुमा जडित तामाका तारहरु चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ। भारतको पश्चिम चम्पारण बिहार प्रदेश मैनाटार थाना घर भई हाल तनहुँको आँबुखैरेनी गाउपालिका वडा नं.३ बस्ने बर्ष ३० को दिलिप गुप्ता र १७ वर्षको एक किशोरलाई प्रहरीले गोरखकाली रबर उद्योगको मेशिनहरुमा जडित तामाका तारहरु चोरी गरेको आरोपमा पक्राउ गरेको हो।

प्रहरीक आनुसार, गएको चैत ६ गते दिउसो दुई बजेको समयमा गोरखकाली रबर उद्योगको मेशिनहरुमा जडित तामाका तारहरु चोरी गरेको आरोपमा १७ वर्षका एक जना किशोर युवालाई पक्राउ गरेको थियो। उद्योगमा रहेका मेशिनहरुमा जडित तामाका तारहरु चोरी गरेको आरोपमा पक्राउ परेका ती किशोर युवाले हाल आँबुखैरेनीमा बस्दै आएका भारतीय नागरिक दिलिप गुप्तालाई बेच्ने गरेको खुलाए पछि गुप्तालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध उद्योगका चौकीदारले उजुरी दिए पछि पक्राउ गरेर गोरखा जिल्ला अदालातामा चोरी मुद्दा दर्ता गरेर आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार