तनहुँमा बहिनीको घरमा बस्दै आएका बाबुको चक्कुले हानेर हत्या

तनहुँमा बहिनीको घरमा बस्दै आएका बाबुको चक्कुले हानेर हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ बैशाख २०८१
  • 23.6K
    Shares

चक्कु प्रहार

तनहुँ, ८ बैशाख २०८१/

तनहुँमा एक व्यक्तिले आफ्नै बहिनीको घरमा बस्दै आएका बृद्ध बाबुको चक्कुले हानेर हत्या गरेका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–६ घारी स्थित छोरीको घरमा बस्दै आएका ७६ वर्षीय रापबहादुर विकको विहीबार दिउँसो करिब १४:१५ बजे उनकै छोराले चक्कु प्रहार गरी हत्या गरेका हुन्।

७६ वर्षीय बृद्ध बाबुको हत्या गरेको आरोपमा तनहुँकै म्याग्दे गाउँपालिका–६ घर भएका २६ वर्षीय दिपक विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरिक्षक दिपककुमार रायले जानकारी दिए । उक्त हत्या सम्बन्धमा आअबश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार