घरमा आगो लागेपछि पैसाको बाकस निकाल्न जाँदा ८७ वर्षीय वृद्धको जलेर मृत्यु

घरमा आगो लागेपछि पैसाको बाकस निकाल्न जाँदा ८७ वर्षीय वृद्धको जलेर मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ बैशाख २०८१
  • 12.5K
    Shares

घरमा आगलागी

पोखरा, ७ बैशाख २०८१/

घरमा आगो लागेपछि पैसाको बाकस निकाल्न जाँदा दाङमा ८७ वर्षीय वृद्धको जलेर मृत्यु भएको छ। दाङको लमही नगरपालिका – ९ तरूलियाका ८७ वर्षीय वीरबहादुर बोटेको आगलागीमा जलेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार, बालबालिकाले लाइटर खेलाउने क्रममा खरको छानो भएका गोठबाट सल्किएको आगो विहीबार बेलुका ५ बजे घरमा पुगेपछि उनी सामान निकाल्न पसेका थिए।

आगो घरमा सल्किरहेको समयमा वीरबहादुर पैसाको बाकस निकाल्न घर भित्र छिरेका थिए। पैसा लिएर निस्केपछि अन्य सामग्री निकाल्न भन्दै उनी फेरी भित्र छिरे। सोही क्रममा उनी निसासिएर लडेको र जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलिया इन्स्पेक्टर लालबहादुर श्रेष्ठले वताए।

वीरबहादुरको गोठबाट सल्किएको आगो जितबहादुर बोटेको घरसम्म फैलिएको थियो । आगलागी बाट दुई घर र एक गोठ जलेर नष्ट भएका छन्।

आगो निभाउन लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल प्रयोग गरिएको थियो। राति साढे ११ बजे तिर मात्रै आगो निभेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार