पोखरा, ६ बैशाख २०८१/
लागू औषधसहित पोखराबाट चार जना युवाहरु पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले चार जना युवाहरुलाई अबैध लागू औषधसहित पक्राउ परेका हुन्।
पक्राउ परेका अभियुक्तहरुमा पोखरा महानगरपालिका वडा नं. ३० शिसुवा बस्ने वर्ष २४ को प्रकाश परियार, नवलपरासीको प्रतापपुर गाउन्पालिका वडा नं.६ पिपरपाति बस्ने वर्ष ४१ को राजकुमार तेली,
दाङ घर भई हाल पोखरा ६ डिकोपाटन बस्ने वर्ष २० की हरिकला घर्ती र सोही ठाउँका वर्ष १८ की दिया बुढा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, गएको चैत ३ गते दिउसो २ बजे पोखरा ६ डिहिकोपाटन नहरमार्गमा ग १२ प ३१४६ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा प्रकाश परियार ६ एम्पुल लागू औषधसहित पक्राउ गरेका थिए। त्यसपछि प्रहरीले परियारसँग सोधपुछ गरी अनुसन्धान गर्दै जाँदा राजकुमार तेली, हरिकला घर्ती र दिया बुढा समेतको डेराकोठाबाट लागू औषध जम्मा दुइसय ७१ एम्पुल, फेनेरागन दुइसय ८२ एम्पुल, ब्रुफिनुर्फिन दुइसय ७८ एम्पुल गरी जम्मा आठ सय ३१ एम्पुल, नाईट्रोभ्याट दुइसय ९८ चक्की लागू औषध र नगद ३२ हजार पांच सय विभिन्न कम्पनीका मोवाईल १० थान समेत बरामद भएको प्रहरीले दाबी गरेको छ।
लागू औषधसहित पक्राउ परेका चारै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा
१० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।