पोखरा, ६ बैशाख २०८१/
स्याङ्जामा आगो निभाउने क्रममा जलेर बिहीबार दिउँसो एक बृद्धाको मृत्यु भएको छ।
स्याङ्जाको बिरुवा गाउँपालिका ७ कुमेरदुङकी बस्ने ७४ वर्षीया बृद्धा रेउसरी गुरुङको आगो निभाउने क्रममा जलेर मृत्यु भएको हो।
आफ्नो बारीमा कोदोको बिउ राख्नलाई पात पतिङगर जलाउने क्रममा जंगलमा सल्किएको आगो निभाउने क्रममा बृद्धाको गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर गुरुङले जानकारी दिए। प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।