तनहुँको कमलबारीमा कार दुर्घटना : चार जना घाइते

तनहुँको कमलबारीमा कार दुर्घटना : चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ बैशाख २०८१
  • 15.6K
    Shares

तनहुँको व्यास-१२ कमलबारीमा दुर्घटनाग्रस्त कार

तनहुँको व्यास-१२ कमलबारीमा कार दुर्घटना भएको छ। काठमाण्डौबाट पोखरा आउदै गरेको बा ०१ ०२८ च ०७२५ को कार कमलबारीस्थित घुम्ती सडकबाट ताला खसेर दुर्घटनाग्रस्त भएको हो।

उक्त दुर्घटनामा काठमाण्डौ महानगरपालिका वडा नम्बर १५ की २९ वर्षीया स्वेता कपाली, वर्ष  २९ कै आयुष्मा गिरि र ५२ वर्षकी सरिता लामा र वर्ष ३३ की सुजना कपाली घाइते भएका छन्।  उनीहरुको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

 

घाइतेमध्ये आयुष्मा गिरि र सरिता लामाको अवस्था मध्यम रहेको छहा भने अन्यको अवस्था सामान्य रहेको प्रहरीलेल जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार