तनहुँको आँबुखैरेनीमा युवाहरुबीच झडप : एक युवाको मृत्यु, सात जना घाइते

तनहुँको आँबुखैरेनीमा युवाहरुबीच झडप : एक युवाको मृत्यु, सात जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ बैशाख २०८१
  • 266.9K
    Shares

युवाहरुको झडपमा मृत्यु भएका अमन गुरुङ

तनहुँ ६ बैशाख २०८१ /

तनहुँमा रातको समयमा युवाहरु बीच झडप हुँदा एक युवाको मृत्यु भएको छ। तनहुँको आँबुखैरेनी–३ आँबुगाउँमा युवा बीच झडप हुँदागोरखा शहिद लखन गाउँपालिका–३ सिलिङका १८ वर्षीय अमन गुरुङको मृत्यु भएको हो।

मंगलबार राती करिब ९ बजे तिर आँबुगाउँ स्थित चौतारामा सँगै बसेर खाजा खाइरहेको अवस्थामा एकापसमा झडप हुँदा डिलबाट तल खोल्सीमा खसेका गुरुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।

उक्त घटनापश्चात घट्नामा संलग्न रहेका सात जनालाई पक्राउ गरी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार