आफ्नै भतिजीलाई वलात्कार गरी हत्या गरेको आरोपमा बैतडीबाट काका पक्राउ

आफ्नै भतिजीलाई वलात्कार गरी हत्या गरेको आरोपमा बैतडीबाट काका पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ बैशाख २०८१
  • 4.4K
    Shares

पोखरा, ६ बैशाख २०८१/

आफ्नै भतिजीलाई वलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले बैतडीबाट एक जनालाई पक्राउ गरेको छ। बैतडीको पुचौँडी नगरपालिकाका ३० वर्षीया पुरुषलाई आफ्नै १७ वर्षीया भतिजीलाई वलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार, चैत्र २६ गतेदेखि बेपत्ता रहेकी ती किशोरीको शब पुचौँडी नगरपालिका- ४ स्थित रातोमाटी जंगलमा चैत्र २९ गते फेला परेको थियो । २०८० साल साउन महिनादेखि श्रीमान रोजगारीका क्रममा भारतमा रहेको अवस्थामा मृत फेला परेकी ती किशोरीको अन्दाजी १८ हप्ताको गर्भ रहेको देखिएको प्रहरीले जानकारी दिएको छ।

अनुसन्धानका क्रममा ती किशोरीको आफ्नै काकासंग नाजायज सम्बन्ध रहेको खुले पछि इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरिक्षक सरोज कुमार ठकुराठीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ती पुरुषलाई पक्राउ गरेको हो ।

पटक-पटक यौन सम्बन्ध कायम भएको र गर्भ समेत रहेको अवस्थामा १८ हप्ताको गर्भ फाल्न नभए पछि ती पुरुषले भतिजीलाई जंगलमा बोलाई ढुंगा प्रहार गरि हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका सूचना अधिकारी इन्सपेक्टर खेमविक्रम केसीले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार