पोखरा, ६ बैशाख २०८१/
गएराती बागलुङको एक खाजाघरमा एक युवा मृत भेटिएका छन्। बागलुङ बजारको कालीगण्डकी फिल्म हाल नजिक रहेको दृष्टान्त खाजा घरमा गएराती एक युवा मृत भेटिएका हुन्।
मृत भेटिएका व्यक्ति बागलुङ जिल्लाकै जैमिनि नगरपालिका वडा नम्बर २ दमेकका केशव सापकोटा रहेको प्रहरीले जानकारी दिएको छ। राती करॆएब १० बजेको समयमा मृत भेटिएका सापकोटा खाजाघरमा झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ।
सापकोटाको शबलाई प्रहरीले पोस्टमार्टमका लागि बागलुङ जिल्ला अस्पताल पठाएको प्राप्त जानकारीमा उल्लेख छ। घटना सम्बन्धमा अन्य आबश्यक सोधपुछ र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, बागलुङ बजारको हल्लनचोकमा व्युटि पार्लरमा काम गर्ने एक महिलालाई उनकै श्रीमानले खुकुरी प्रहार गरी घाइते बनाएका छन्।
खुकुरी प्रहार गरी गम्भीर घाइते भएकी ती महिलाको बागलुङमा उपचार हुन नसके पछि थप उपचारका लागि पोखरा पठाईएको प्राप्त समाचारमा जनाइएको छ।