इटहरीको मुक्तिघाटमा दाउराको हार मिलाउने र शव जलाउने युवाको मलामीद्वारा हत्या

इटहरीको मुक्तिघाटमा दाउराको हार मिलाउने र शव जलाउने युवाको मलामीद्वारा हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ बैशाख २०८१
  • 7.8K
    Shares

पोखरा, ५ बैशाख २०८१/

इटहरीस्थित मुक्तिघाटमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका एक युवाको हत्या भएको छ। इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाट निवासी २७ वर्षीय विनोद तामाङको हत्या भएको हो।

प्रहरीका अनुसार, इटहरी उपमहानगरपालिका-४ गैरीगाउँबाट मलामी आएका उमेश र धरानका ३० वर्षीय अनिल तामाङले बिनोद तामाङलाई सोमबार दाउराको चिर्पटले हानेर गम्भीर घाइते बनाएका थिए। त्यति बेला गम्भीर घाइते भएका बिनोद तामाङको वेदान्त हस्पिटल इटहरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त हत्यामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले सोही उपमहानगरपालिका-४ गैरीगाउँ बस्ने ३७ वर्षीय उमेश तामाङलाई सोमबार दिउँसो पक्राउ गरिसकेको बताइएको छ। प्रहरीले हाल फरार अनिल तामाङको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार