धादिङको नीलकण्ठ नगरपालिका वडा नं ५ खाल्टेमा मल बोकेको आइचर ट्रक दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।
बा २ ख ८९४७ नम्बरको ट्रक खाल्टेको पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना हुदा पतेनीका १० वर्षिय बालक सन्तोष रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 43;

दुर्घटनामा परेर पाँच जना बालबालिकासहित आठ जना घाइते भएका छन् । घाइते हुनेहरुमा एकैपरिवारका ५ जना रहेका छन् । घाइतेमध्य ५ जनाकाे अवस्था गम्भीर रहेकाे छ ।
दुर्घटना भए लगत्तै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेर स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरेको हो । घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाइ काठमाण्ठौ पठाउने तयारी भइरहेको छ ।