खोटाङमा गएराती चक्कुले हानेर एक युवाको हत्या

खोटाङमा गएराती चक्कुले हानेर एक युवाको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ बैशाख २०८१
  • 5.8K
    Shares

पोखरा, २ बैशाख २०८१/

खोटाङमा गएराती एक युवाको हत्या भएको छ। खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३१ वर्षीय धनजित राईको गएराति सवा ८ बजे हत्या भएको हो।

उनको शब स्थानीय भीमबहादुर राईको मकैबारीमा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जनाकारी दिए। तीन जनाले छुरी प्रहार गरेको र उनीहरू फरार रहेको कार्कीको भनाइ छ।

प्रहरी निरीक्षक कार्की, जालपास्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिवप्रसाद घिमिरे र तालखर्कस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिव निरौलाको कमान्डमा प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार