पोखरा सुंइखेत दुर्घटना प्रकरण : गम्भीर घाइते वृद्धको मृत्यु, सहचालक प्रहरी नियन्त्रणमै।

पोखरा सुंइखेत दुर्घटना प्रकरण : गम्भीर घाइते वृद्धको मृत्यु, सहचालक प्रहरी नियन्त्रणमै।


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ बैशाख २०८१
  • 21.4K
    Shares

पोखरा २५ सुइंखेतमा दुर्घटनाग्रस्त बस

पोखरा, २ बैशाख २०८१/

पोखरा महानगरपालिका वडा नम्बर २५ स्थित सुंइखेतमा सहचालकले चलाउदा भएको बस दुर्घटनामा परेर गम्भीर घाइते भएका एक वृद्धको शनिबार साँझ मृत्यु भएको छ।

म्याग्दीको दरबाङ जाँदै गरेको ग २ ख १६३० नं.को बस गत शुक्रबार अं. ०२:५० बजे सुंइखेतमा दुर्घटनाग्रस्त हुँदा गम्भीर घाइते भएका म्याग्दीको मालिका गाउँपालिका १ दरवाङ् घर भएका ७२ वर्षीय नर बहादुर पुनको उपचारका क्रममा शनिबार साँझ करीब सवा छ बजे मृत्यु भएको हो।

उक्त दुर्घटनामा अन्य सात जना घाइते भएका थिए र उनीहरु उपचारपश्चात घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ। त्यस दुर्घटनापश्चात प्रहरीले चालक म्याग्दी बेनी न.पा. वडा नं. ६ बस्ने बर्ष ३२ को राजकुमार गैरेलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा त्यतिबेला उक्त बस सहचालक म्याग्दी बेनी न.पा. ४ तातोपानी बस्ने बर्ष २५ को बिनोद दर्जीले चलाएको खुले पछी सहचालक दर्जी समेतलाई प्रहरीले पक्राउ गरेको छ। त्यस दिन सहचालक दर्जीले चलाएको उक्त बस हेम्जा सुईखेत स्थित सडकमा अनियन्त्रित भै सडकको बाँया साईडमा पल्टिएर दुर्घटनाग्रस्त भएको प्रहरीलेजनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार