पोखरा, २८ चैत २०८०/
चितवनमा रक्सीले मातेका एक युवाले आफनी मामालाई कुटेर मारिदिएका छन्। चितवनको इच्छाकामना १ का २३ वर्षीय लोकबहादुर चेपाङले गएराती आफ्नै मामा चन्द्रबहादुर चेपाङलाई कुटेर मारिदिएका हुन्।
जिल्ला प्रहरी चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार चैत २६, सोमबारका दिन सँगै बसेर घरेलु मदिरा सेवन गर्दा वादविवाद भई लोकबहादुरले ४२ वर्षका मामा चन्द्रबहादुरलाई कुटपिट गरेका थिए । भान्जाको कुटाइबाट घाइते आफ्नो श्रीमानलाई छुट्टाएर चन्द्र बहादुरकी श्रीमतीले घरमा ल्याएर सुताएकी थिइन् । तर, राती ९ बजे नै चंद्रबाहादुर चेपाङको मृत्यु भएको पाइएको डिएसपी भण्डारीले जानकारी दिए ।
मामा चन्द्रबहादुरको मृत्यु भए पछि भने प्रहरीले स्थानीय जनताको सहयोगमा मामालाई कुट्ने लोकबहादुर चेपाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ।
डिएसपी भण्डारीका अनुसार कुटपिटमा संलग्न लोकबहादुरलाई आज जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।