शारीरिक अपांङ्गता भएकी महिला बलात्कार गरेको आरोप लागेका गोरखाका थापा जेल चलान

शारीरिक अपांङ्गता भएकी महिला बलात्कार गरेको आरोप लागेका गोरखाका थापा जेल चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ चैत्र २०८०
  • 4.2K
    Shares

शारीरिक अपांङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोप लागेका गोरखा आरुघाटका चित्रबहादुर थापा

गोरखा, २८ चैत २०८०/

शारीरिक अपांङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोप लागेका गोरकहाका एक व्यक्ति जेल चलान भएका छन्।

गोरखाको आरुघाट गाउँपालिकाकी शारीरिक अपांङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका आरुघाट गाउँपालिका–८ आरुपोखरी स्थित रातमाटेका ४० बर्षिय चित्रबहादुर थापा गोरखा जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षमा रहने गरी जेल चलान भएका हुन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक एवं रमेशकुमार श्रेष्ठले दिएको जानकारी अनुसार, गएको फागुन २९ गते दिउसो १ बजेको समयमा थापा, ३२ बर्षिया ती अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ पक्राउ परेका थिए । पिडितको आफन्तले जाहेरी दिए लगत्तै गोरखा प्रहरीले थापालाई पक्राउ गरेको थियो ।

थापालाई जबरजस्ती करणी शिर्षक मुद्वा दर्ता गरी अनुसन्धान पश्चात जिल्ला सरकारी वकिलको कार्यालय मार्फत राय सहित चैत्र २५ गते आइतबार अदालत पेश हुदाँ पुर्पक्षकालागि कारागार चलान गरिएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार