पोखरा, २७ चैत २०८०/
कैलाली घोडाघोडीमा दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका-१० थेबरका कलेशु चौधरीकी दुई छोरीहरु २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलामा मृत भेटिएका हुन्।
उनीहरु मंगलबार बिहान ७ बजेको समयमा घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए ।धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको एसपी बिष्टले बताए ।
प्रारभ्मिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषधि खाइरहेको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बिष्टले बताए ।