नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध श्रीमतीद्वारा प्रहरीमा वैवाहिक बलात्कारको जाहेरी

नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध श्रीमतीद्वारा प्रहरीमा वैवाहिक बलात्कारको जाहेरी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ चैत्र २०८०
  • 7.5K
    Shares

नेपाल आइडल सिजन–२ का बिजेता रवि ओड

पोखरा, २३ चैत २०८०/

नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन्। कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत उनकी श्रीमतीले ३/४ दिन दिन अघि वैवाहिक बलात्कारसम्बन्धी जाहेरी दिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार, ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी हुन्। उजुरी पछि ओडविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए।

हाल उनको श्रीमतीको मेडिकल जांच प्रक्रिया भइरहेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया