बन्दको अवज्ञा गरेको भन्दै विप्लवका कार्यकर्ताले जलाए, साझा बस र ई-रिक्सा

बन्दको अवज्ञा गरेको भन्दै विप्लवका कार्यकर्ताले जलाए, साझा बस र ई-रिक्सा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २८ फाल्गुन २०७३
  • 19.5K
    Shares

शनिबार  दिउँसो साझा यातायातको यात्रु बसमा आगजनी भएको छ । विप्लव माओवादीका कार्यकर्ताले बालाजुको बाइपासमा यात्रु बसमा आजगनी गरेका हुन् । बा ४ ख ५६४८को बसमा रहेका यात्रुलाई ओरालेर आगो लगाइएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले बताए । आगलागीबाट बसको भित्री भाग जलेर क्षतिग्रस्त भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार खुकुरी र अन्य हतियारसहित आएको समूहले पेट्रोल छर्किएर आगजनी गरेको हो । नयाँबसपार्क-एयरपोर्ट रुटमा चल्ने बसमा आगजनी गरेलगत्तै सो समूह फरार भएका छ । कञ्चनपुर घटनाको बिरोधमा आज बन्द आह्वान भएपनि बिहानैदेखि साझा बसले यात्रु सेवा दिइरहेको थियो ।

बालाजुमा बस रोकेर सुरक्षाकर्मी, चालक र सह-चालक खाना खानका लागि गएका बेला बिप्लबका कार्यकर्ताले आगजनी गरेका पाण्डेयले बताए । ‘हामीले कसैको पक्ष र विपक्षमा बस चलाएका होइनौं’ पाण्डेले भने-सबै दिनमा यात्रुलाई सेवा दिने पवित्र उद्देश्यले बस चलेका हुन् । तर, किन साझालाई निशाना बनाइएको भन्ने बुझेनौं । यो घटनाको हामी निन्दा गर्छौं ।’

यसैबीच प्राप्त जानकारी अनुसार, बन्दको अवज्ञा गरेको भन्दै विप्लवका कार्यकर्ताहरुले एक ई-रिक्सालाई आगो लगाएर क्षतिग्रस्त बनाएका छन् ।

प्रतिक्रिया