पोखरा, ६ चैत २०८०/
कास्की जिल्लाको पर्यटकीय गाउँ सिक्लेसमा एक जना मजदुरको हत्या भएको छ। मादी गाउँपालिकामा निर्माणाधीन एक हाइड्रो पावरमा काम गर्न भनेर गएका मजदुरको हत्या भएको हो।
चैत १ गते सिक्लेस पुगेका सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ निवासी मजदुर रामलाल तामाङको रहस्मयी तरिकाले हत्या भएको प्रहरीले जानकारी दिएको छ। शनिबार विहान भैसी खोज्न गएका एक किसानले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेको प्राप्त जानकारीमा उल्लेख छ। उनको शरीरमा ढुंगाले हानेको घाउ चोटहरु देखिएको स्थानीय बासिन्दाहरुले बताएका छन्।
उनलाई कसले र किन हत्या गरेको हो भन्ने बारेमा खुल्न बाँकी छ। तर उनीसंगै सोही हाइड्रो पावरमा काम गर्न भनेर गएका अन्य तीन जना मजदुरहरु बेपत्ता रहेकाले उनीहरुले नै हत्या गरेर भागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।