पोखरा, १० फागुन २०८०/
नायिका पुजा शर्माले गएको मध्यराती अभिनेता पल शाह र आफ्नो फोटो सानाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छिन्। अभिनेता पल शाहको समिपमा निकै प्रसन्न मुद्रामा देखिएकी नायिका पुजा शर्माले आफ्नो फेसबुकमा अभिनेता पल शाहका लागि एउटा महत्वपूर्ण संदेश पनि दिएकी छिन्।
नायिका पुजा शर्माको फेसबुक सन्देशमा ‘प्रिय पल’ भन्दै अभिनेता पल शाहलाई सम्बोधन गरेकी नायिका पुजा शर्माले “जिन्दगीको गोरेटोमा हामीले सहयात्रा गर्दै गर्दा कैयौं वाधा आए । कतिपटक हामी एकसाथ रोयौं र कहिले एकसाथ हाँस्यौं पनि । कुनै पल तिमीसँग म रिसाए, कहिले तिमी मसँग रिसायौं । तर, पनि हामीले हाम्रो चोखो मित्रतालाई टुट्न दिएनौं ।” भनेकी छिन्
उक्त सन्देशमा आज आफूहरुको मित्रता अझै मजबुत रहेको जिकिर गर्दै नायिका शर्माले “तिमी बलियो भएका छौं । तिमीले दर्शकबाट पाएको अथाहा प्रेम देख्दा म आफू नै हर्षित भएकी छु । ‘ बताएकी छिन्।
“म यस्तो गीत गाउँछु’बाट शुरु भएको हाम्रो फिल्मी यात्रा ‘म यस्तो गीत गाउँछु २’ हुँदै अझै अगाडि बढ्दै रहेको स्मरण गरेकी नायिका पुजा शर्माले आज अभिनेता पल शाहको विशेष दिन “जन्मदिन” का अवसरमा “धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु ।” भनेकी छिन्। “जन्मदिनको धेरै धेरै शुभकामना ।” भन्दै “तिमीले चालेका हरेक कदमले सफलता चुमोस् ।” भन्दै मनोकांक्षा पनि व्यक्त गरेकी छिन्।