सफल पोखरा म्याराथनका तीनै उपाधि केन्याली धावकलाई, हाफ म्याराथनतर्फ सन्तोषी प्रथम

सफल पोखरा म्याराथनका तीनै उपाधि केन्याली धावकलाई, हाफ म्याराथनतर्फ सन्तोषी प्रथम


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ फाल्गुन २०८०
  • 6.9K
    Shares

पोखरा, ५ फागुन २०८० /

सफल पोखरा म्याराथनको १८ ‍औँ संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिला वाहोमले जितेका छन्। वाहोमल निर्धारित ४२.१९५ किलोमिटरको दूरी २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै उपाधि जित्न सफल भए।

उनले उपाधिसँगै उनले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। अघिल्लो वर्ष उनी उपविजेता भएका थिए। दोस्रो र तेस्रो उपाधि पनि केन्याकै इसाक किहारा कामिरी र इड्वीन किप्लागेटले जितका छन्।

कामिरीलले २ घण्टा २० मिनेट ५ सेकेन्डमा र किप्लागेटले २ घण्टा २० मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरे। दोस्रो भएका कामिरीले ३ लाख र तृतीय भएका किप्लागेटले २ लाख रुपैयाँ नगद पनि जिते।

चौथो स्थानमा नेपाली धावक किरण बोगटी रहे। उनले निर्धारित दूरी २ घण्टा २४ मिनेट २ सेकेन्डमा पूरा गरे। उनले ३० हजार रुपैयाँ प्राप्त गरे। उता सफल पोखरा हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन्।

पोखरामा शनिबार बिहान भएको १८ औँ संस्करणमा निर्धारित दूरी सन्तोषीले १ घण्टा १८ मिनेट ३९ सकेण्डमा पार गर्दै हाफ म्याराथनको उपाधि जितेकी हुन्।

राममाया बुढा तेस्रो तथा फूलमती राना चौथो भएकी छिन्। फूलमतीले निर्धारित दूरी १ घण्टा १९ मिनेट २२ सेकेण्डमा पार गरिन्। उनी २० सेकेण्डले दोस्रो हुनबाट चुकेकी हुन्। तेस्रो भएकी राममाया बुढाले निर्धारित दूरी १ घण्टा २१ मिनेट ०७ सेकेण्डमा पार गरिन्।

प्रतिक्रिया